यसरी तयार भएको थियो एल्बम “पिरतीमा फेल”

पहिला पहिला निकालेको एल्बमहरु प्राय सबै दर्शकहरुले अति माया दिनु भयो । साथै स्वर दिएको अरु गितहरु पनि त्यतिकै मन पराईदिनु भएको छ । त्यसको लागि सबैलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु ।

 २०६९ सालमा “तिमी राम्रो हासोले” भन्ने गित निकाले पछि स्वदेशमा र बिदेशका कार्यक्रम मा अलि समय ब्यास्त भएकोले नयाँ गित निकाल्न फुर्सद पाईरहेको थिईन । तर २०७२ को शुभकामना सहित नयाँ गित स्रोताहरुलाई दिने सोच बनाएको थिए त्यहि सोच अनुसार अबको गित कस्को गर्ने भन्ने थियो । अरु धेरै कलाकारहरु सँग काम गरिसकेको थिए तर बसन्त थापा दाईसँग काम गरेको थिईन । मलाई एकपल्ट बसन्त थापा सँग काम गर्ने ईच्छा थियो त्यसैले बसन्त थापा दाईलाई फोन गरेर कुरा राखे उहाँ पनि म सँग काम गर्न तयार हुनुभयो र गितको शब्द हेर्ने प्रस्ताव राख्नु भयो । उहाँ लाई भेटेर गितको शब्दहरु हेरे संगित सुने त्यो पनि मन पर्यो । यो गित मन पर्नुमा tipycle शब्दहरु थियो जस्तै उखु पेले गुलियो तोरी पेले तेल बुझ्न कठिन रहेछ पिरतीको बिषय म त जहिले पनि फेल । उहाँ सँगको सहमति अनुसार गित रेकर्ड गर्ने तयारी गर्न थाले । बिनोद बाजुराली दाई सँग एरेन्ज गरेर मालाश्री रेकर्डिगं स्टुडियो मा गित रेकर्ड गरे । मेरो र रामजी खाडको दोहोरी गित प्रायः हिट भएकोले यसमा पनि उहाँकै स्वर राख्ने निर्णय गरे र उहाँको स्वर पनि रेकर्ड गराए । गित त तयार भयो तर अब भिडियो बनाउन बाक़ी थियो । भिडियो बनाउन साई भिजन प्रा लि का डायरेक्टर प्रकाश भट्ट सँग कुरा गरे र उहाँलाई गित सुनाए । उहाँ पनि बिजी र मेरो पनि समय कम भएकोले नया बर्षमा नसके पनि बैसाख महिना भित्रै गितको भिडियो खिंची दर्शक समक्ष लाने कुरा भयो । त्यहि तयारीमा लाग्दै थिए अचानक बैसाख १२ गते बिनासकारी भुकम्प गयो र धेरै धनजनको क्षति भयो । धेरै ठाऊमा मानिसहरुको बास उठ्यो एक खान पनि गार्हो स्थिति आयो । त्यो देखेर मन थाम्न सकिन र त्यो भिडियो सुटिगं गर्न राखेको पैसाले भुकम्प पिडितको सहयोग गर्न थाले । जनता र ज्यान रहे भिडियो फेरि सुटिगं गर्न सकिन्छ जस्तो लाग्यो त्यहि भएर भिडियो बनाउन राखेको एक लाखले बिभिन्न ठाऊको भुकम्प पिडितलाई सहयोग गरे । त्यस पछि भुकम्प पिडितको लागि सहयोग जुटाउने र सहयोग गर्ने मै बैसाख र जेष्ठ महिना बित्यो तर आफुलाई कहिले भिडियो बनाउला दर्शकहरुलाई नया गित दिउला भैरह्यो । त्यसैले प्रकाश भट्ट सँग सल्लाह गरि असारको १२ गते भिडियो सुटिगं गर्ने तय भयो तर त्यो दिन सुटिगं हुन सकेन किनकी नया कलाकारलाई मौका दिने मेरो उद्देश्य फेल खायो । नया कलाकारले अन्तिममा आएर कलेज ड्रेसमा नाच्न नसक्ने कुरो बताए पछि त्यो दिनको सुटिगं रोकियो र असार १९ गते लाई सुटिगं सारियो । फेरि पुरानै चलेको कलाकार पार्वती राईलाई लिई सुटिगं गर्ने निर्णय गरे । सोहि अनुरुप १९ गते बिहान देखि भक्तपुरमा सुटिगं सुरु भयो । ७५% सुटिगं सकिए पछि ठुलो पानि पर्न थाल्यो फेरि अबरोध भयो सुटिगं मा । तर झरीको बाबजुत पनि प्रकाश भट्टले सुटिगं सम्पन्न गर्नु भयो उहाँ त धन्यबादको पात्र त हुनुहुन्छ नै अरु सबै कलाकारहरु सहित सम्पुर्ण सुटिगं युनिट पनि धन्यबादको पात्र हुनुहुन्छ । बिभिन्न आरोह अबरोह बिच गित तयार भयो र आज हजुरहरुको लागि प्रस्तुत गरिरहेको छु । यसरी तयार भएको थियो यो मेरो पछिल्लो एल्बम ।



Leave a Comment

Your email address will not be published. Required fields are marked *